मौसमविद् भन्छन्, ‘आगामी तीन दिन मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुन्छ’



काठमाडौं : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बिहीबार बिहान ६ बजे दैनिक बुलेटिन जारी गर्दै महाशाखाले देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यूनचापिय रेखाको पूर्वी भूभाग औसत स्थानको आसपासमा रहेको छ र पश्चिमी भूभाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । साथै भारतको बिहार र उत्तर प्रदेश आसपासमा एउटा न्युनचापिय प्रणाली अवस्थित छ ।

हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली  रहेको साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम 

भदौ ५ गते (बिहीबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।  

भदौ ६ गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य तथा पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ७ गते (शनिबार)

दिउँसो : देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली साथै पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखी मध्यम वर्षा हुनेछ । मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  ।

 

 

प्रतिक्रिया दिनुहोस्