रसुवागढी नाका जोड्ने सडक अवरुद्ध



रसुवा : रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।

रसुवाको राम्चे-ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको हो । 

बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ । साना गाडी आवत-जावत गर्न सक्ने भए पनि ठूला गाडी आवत–जावत गर्न नसक्ने प्रहरीले बताएको छ ।

ठूला गाडी सञ्चालनमा ल्याउनका लागि भित्तो काटेर डाइभर्सन निर्माण गर्नुपर्ने रसुवा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्