राष्ट्रपतिलाई भेट्दै जयशंकर, आजै स्वदेश फर्कने



काठमाडौं : नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस.जयशंकर आज (बिहीबार) स्वदेश फर्किदै छन् । 

बुधबार मध्याह्न काठमाडौंका आएका विदेशमन्त्री जयशंकर आज दिउँसो ३ बजे स्वदेश फर्किने भएका हुन् । 

यसैगरी आजै बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारी र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुँदैछ । यसअघि जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेका छन् । 

Image may contain: 10 people, people standing and outdoor

बुधबार काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर उनी नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । 

बुधबारदेखि काठमाडौंको होटल याक एण्ड यतीमा सुरु भएको बैठक आज बिहीबार पनि जारी रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्