सोलुखुम्बु केन्द्रबिन्दु बनाएर बिहानै भूकम्पको धक्का



सोलुखुम्बु : जिल्लामा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

सोलुखुम्बुकाे गोली क्षेत्रलाई केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो परकम्प नभएर भूकम्प नै भएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीका अनुसार भूकम्पबाट धनजनको क्षति भएको छैन् । भूकम्प जाँदा स्थानीयबासीको भागदौड चलेको थियो।

प्रतिक्रिया दिनुहोस्