स्थानीय र जनप्रतिनिधिले लगाए टरिगाउँ विमानस्थलमा ताला



दाङ । स्थानीय र जनप्रतिनिधिले दाङ तुलसिपुरको टरिगाउँ विमानस्थलमा तालाबन्दी गरेका छन् । विमानमा इन्धन भर्नका लागि प्रयोग हुने बाउजर मेसिन फिर्ता लैजाने खबर पाएपछि विरोधस्वरुप तुलसीपुर उपमहानगरका उपमेयर स्यानी चौधरीसहित सम्बद्ध सरोकारवालाहरुले विमानस्थलको मुल गेटमा तालाबन्दी गरेका हुन् ।

स्थानीयले आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएका थिए । उपमेयर चौधरी, तुलसीपुर-१२ का वडाध्यक्ष खुसीराम चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, महासचिव विनिल केसीलगायतको टोली एयरपोर्ट पुगेको थियो ।

उनीहरु बाउजर फिर्ता लैजान नदिने अडानमा छन् । बाउजर फिर्ता लैजान नदिन भन्दै स्थानीयहरुले दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई पनि ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्