बारपाकमा पहिरो जाँदा ११ घर विस्थापित



गोरखा : गोरखा जिल्लाको बारपाकमा पहिरो जाँदा ११ घर विस्थापित भएको छ । 

बुधबार राति करिब ३ घण्टासम्म आएको वर्षापछिको पहिरोले रुतुक गाउँका स्थानीय देवबहादुर गुरुङको घर बगाएको पहरीले जनाएको छ । 

घरघरमा पहिरो पसेपछि स्थानीयले गाउँ छाडेका छन् । 

१२ वैशाख २०७२ सालमा आएको भुकम्पबाट विस्थापित भएका विभिन्न गाउँका ३२ घरधुरी रुतुकामा बस्दै आएका थिए । 

पहिरोले थलीडाँडा पनि जोखिममा छ ।

अलगंङ र थलीगङबीचमा ठूलो पहिरो झरेर गाउँ जोखिममा पर्नुका साथै थलीडाँडा समेत जोखिममा परेको स्थानीय पुरबहादुर गुरुङले बताए । 

पहिरोका कारण स्थानीय ११ घर जोखिममा रहेको उनको भनाइ छ ।

गाउँमा पहिरो पसेपछि घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए । 

उनले करिब १४ लाख बराबरको धनमाल बगाएर लगेको अनुमान गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्