राष्ट्रपति र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता 



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवास पुगेर उनले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । 

विदेशमन्त्री जयशंकर नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर बिहीबार बिहान १० बजे शीतलनिवास पुगेका थिए । 

यसभन्दा अगाडि उनले पशुपतिनाथ पुगेर पुजाआजा गरेका थिए । त्यहाँ उनले पारिजातको विरुवा रोपेका थिए । 

त्यस्तै नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी बुधबार नेपाल आएका उनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । 

बुधबारदेखि काठमाडौंको होटल याक एण्ड यतीमा सुरु भएको बैठक सहभागि हुने नेपाल आएका उनी आजै दिउँसो ३ बजे स्वदेश फर्किदै छन् । 

 

प्रतिक्रिया दिनुहोस्