राजपाद्वारा कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना 



काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेको छ । भगवान विष्णुको आठौँ अवतारको रुपमा जन्मेका कृष्ण जन्माष्टीको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई, दिदीबहिनीहरुमा राजपाले शुभकामना व्यक्त गरेको छ । 

राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगमा हिन्दु पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्री कृष्ण जन्माष्टमी र रातलाई मोरात्री भन्दै आएको उललेख गरेका छन् । 

‘अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिवाट मानव मात्रको संरक्षण गर्न भगवानको आठौँ अवतारको रुपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो’ राजपाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘कुरुक्षेत्रमा कौरवहरु सँगको लडाइमा संलग्न पाण्डवहरु मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दुहरुको पवित्र ग्रन्थ मानिन्छ ।’

बाल्यकाल देखिनै आफ्ना विचित्र लिला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता दानवी प्रवृतिको संहार गरेका थिए । यस पर्वले सवैमा अन्याय, अत्याचार तथा सबैखाले विभेदहरुको विरुद्ध एकतावद्ध भई लड्ने शक्ति मिलोस भन्दै राजपा नेपालले कामना गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्