श्रीमतीलाई भान्सेमा नियुक्ति गर्ने अछाम गाउँपालिका अध्यक्षको आलोचना



अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको छ। गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुलेपछि आलोचना भएको हो।

अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरिएको थियो। करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए।

जसअनुसार श्रीमती जयसरालेले गाउँपालिकाबाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन्। अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाए।

श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरे ।

प्रतिक्रिया दिनुहोस्