निर्मलाका हत्याको ११० दिनः अनिश्चितकालीन धर्ना दोस्रो दिन पनि जारी



कैलाली : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै हिजोदेखि शुरु गरिएको अनिश्चितकालीन २४ घण्टे धर्ना कार्यक्रम दोश्रो दिन पनि जारी छ ।

धर्नामा निर्मलाका बुवा यज्ञराज पन्त, आमा दुर्गादेवी पन्त, लक्ष्मीदेवी पन्त, महिला अधिकारकर्मी लक्ष्मी मल्ल, शारदा चन्द, नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारी लगायत नागरिक समाजका प्रतिनिधि पनि सहभागी छन् ।

 

निर्मलाको हत्या भएको १ सय १० दिन पुगे पनि हत्यारा पत्ता लागेको छैन । उनीहरुले हिजोबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि २४ घण्टे धर्ना सुरु गरेका हुन् । 

गत साउन १० गते साथीको घर जान्छु भनेर गएकी निर्मलाको ११ गते उखुबारीमा बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस्