अविरल वर्षाका कारण सडक भासिएपछि तातोपानी नाका अवरुद्ध



सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सडक भासिएपछि यातायात अवरुद्ध भएको छ।

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ। अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ।

साना सवारी साधन निर्वाध रुपमा चलिरहेका छन् भने ठूला सवारी साधनका लागि बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्