दुई चितुवाले गरे मस्ती



एजेन्सी : केन्याको एक प्राकृतिक आरक्षमा दुई चितुवाले चकचक गरेको दृश्य क्यामरामा कैद भएको छ। दुई चितुवाहरूले एकअर्कासँग मस्ती गरेको अनि उफ्रेको तस्वीर देखिन्छ। अमेरिकी फोटोग्राफर ट्रिश हेनेसीले जुन महिनामा साम्बुरु राष्ट्रिय आरक्ष पुगेर सफारी गरेकै दिन तस्वीरहरू खिचेकी थिइन्। 

अद्भुत तस्वीरहरूमा एउटा चितुवा हावामा उफ्रेको र आफ्नो भाइको पुच्छरमा झम्टिन आँटेको देखिन्छ। उनीहरू चट्टानको टुप्पोमा चकचक गरिरहँदा एउटो चितुवा अर्कोमाथि उफ्रन्छ। ती चितुवाहरू एउटा झाडीमा लुकिरहेका थिए तर बाहिर आए अनि चट्टानमाथि चढेर चकचक गर्न थाले। 

हेनेसीले भनिन्, ‘मैले चितुवाको तस्वीर लिँदा खुशीले रोएँ। यो एक उपहार थियो। चट्टानमा नाचिरहेका चितुवाको तस्वीर चाहिँ गजब लाग्छ मलाई किनकि यो सबै एकदमै छिटो भएको थियो।’ घटनाक्रम चाँडो विकसित भएकाले हेनेसीले सही क्यामरा सेटिङ भए नभएको थाहा पाइनन् र इमेजहरू फोकसमा भए हुन्थ्यो भनी प्रार्थना गरिन्।

 

प्रतिक्रिया दिनुहोस्