मदिरा सेवन गरि विद्यालय गएको आरोपमा प्रधानध्यापक पक्राउ



जाजरकोट । मदिरा सेवन गरि विद्यालय गएको आरोपमा जाजरकोटमा प्रधानध्यापक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ललाई आज सोमवार विद्यालयबाटै पक्राउ गरिएको हो ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ललाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर पन्तका अनुसार मल्ललाई पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल जाँचका लागि लगिएको छ ।

इन्स्पेक्टर पन्तले भने, ‘मल्लमाथि मदिरा सेवन गरेर विद्यालय आएको आरोप लगाइएको छ, त्यसको जाँचका लागि अस्पताल पठाइएको हो ।’ अस्पतालको रिपोर्टको आधारमा प्रक्रिया अघि बढाइने उनले बताएका छन् । बिहान विद्यालयमा मदिरा आएको सूचना पाएपछि अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्