आगामी तीन दिन मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन महाशाखाद्वारा आग्रह



काठमाडौं : जल तथा पूर्वानुमान महाशाखाले देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ । 

शुक्रबार बिहान ६ बजेको देनिक बुलेटिन जारी गर्दै महाशाखाले देशको पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका केही स्थानहरुका  साथै पश्चिमका र मध्यका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुनको न्यूनचापिय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा केही उत्तर तर्फ रहेको छ भने बाँकी स्थानहरुमा औसत स्थानको आसपासमा रहेको छ ।

त्यस्तै हाल देशको मध्य र पूर्वीका अधिकांश भूभागहरु र पश्चिमीका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदलि भई थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम 

भदौ ६ गते (शुक्रबार)

दिउँसो : देशको पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागका केहि स्थानहरुका साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य तथा पूर्वी  भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुका साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।  देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ७ गते (शनिबार)

दिउँसो : देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भदौ ८ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलि रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी भूभागका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ । पश्चिमी र मध्य भूभागका एक–दुई  स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस्