बर्दिबासको जिम सेन्टरमा आगलागी हुँदा ९० लाखको क्षति



महोत्तरी । बर्दिबासको जिमसेन्टरमा भएको आगलागीका कारण लाखौंको क्षति भएको छ । बर्दिबास चोकमा स्थानीय अभिषेक झाले सञ्चालनमा ल्याएको ३६५ फिटनेश जिम सेन्टरमा अचानक विद्युत सर्ट भई आगालगी भएको हो।

आगलागीबाट ९० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । आगलागीले जिम सेन्टरमा रहेको ट्रस, जिमको सामग्रीहरु जलेको छ। मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक रवि रावलले बताएका छन् ।

आफूहरूले खबर पाउनासाथ तत्कालै जनपद प्रहरी, सशस्त्र प्रहरी, वारुणयन्त्र र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिनका लागि सफल भएको प्रहरी नायव उपरीक्षक रावलले बताए। आगलागी भएको सो भवनको बीचको तल्लामा सिद्धार्थ बैंकको शाखा सञ्चालनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्