हेटौंडाको होटलबाट २ महिलासहित ४ जना पक्राउ



हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको एक होटलबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । आइतबार विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले हेटौंडा ४ चिल्ड्रेनपार्क स्थित चौतारी होटलबाट १ सय एमएलको लागुऔषध ओनिरेक्स १३ बोत्तलसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा-२ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा-४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा-१३ बस्ने २६ वर्षीया आहाना भन्ने अल्बिना तामाङ, र हेटौंडा-१२ घर भई हाल वडा ११ मा बस्ने २५ वर्षीया ईशा घलान रहेकी छन् ।

उनिहरुलाई लागुऔषध ओनिरेक्ससहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्