कैदीबन्दीलाई सरुवा नगरेको भन्दै वीरगञ्जमा बम विस्फोट, तीन पक्राउ 



वीरगञ्ज : वीरगञ्जको विर्ता र माइस्थानमा क्षेत्रमा बम विस्फोट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २४ गते विर्ताको तरकारी बजारमा र २८ गते माइस्थान तरकारी बजारमा बम विस्फोट गराएको आरोपमा वीरगंन्ज २४ रामगढवाका सद्दाम अंसारी, टाइगर भनिने जौवाद अंसारी र इनुस अंसारीलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका जौवाद अंसारी घटनाका मुख्य योजनाकार भनिने  फुलहसन अंसारीका भाइ हुन् भने इनुस अंसारी काकाका छोरा हुन् । फुलहसन भने फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको  ।

श्रोतका अनुसार फुलहसन भारत बिहारको सिवानको जम्शेदपुरस्थित आफन्तको घरमा लुकेर बसेको श्रोतले जनाएको छ । अंसारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी २०७४ असोज ९ गते वीरगञ्ज कारागारबाट छुटेका थिए । 

फुलहसन अंसारीले वीरगन्ज कारागारमा रहेको केही कैदी बन्दीलाई सरुवा नगरेको भन्दै पर्साको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई धम्काउदै आएका थिए । 

योसँगै उने विर्ता  माइस्थान बबजारमा बम विस्फोट गराएको घटना सार्वजनिक भएको हो । 

प्रजिअ भट्टराईले भने, ‘कारागारका नाइके लगायतका कैदी बन्दीलाई धम्काउँदै फिरौतीको रकम माग गरेको थियो । कसैले पनि रकम नदिएपछि आफूलाई एसएमएस गरेर धम्काउँदै उनीहरुको सरुवा गरिदिन भनेको थियो । तर, सरुवा नगरेपछि अंसारीले वीरगन्जमा विस्फोट गराउने चेतावनी दिएका थिए ।’ 

फुलहसन अंसारीले सुरुमा वीरगञ्ज काराकारका नाइके शेष भोलासँग १० लाख फिरौती बापतको रकमको माग गरेका थिए । नाइके भोलाले फिरौतीको रकम नदिएपछि प्रमुख जिल्ला अधिकारी भट्टराईको मोबाइलमा एसएमएस गरेर फिरौतीको रकम नदिएको भन्दै भोलालाई लगायतलाई सरुवा गर्न धम्काएको थियो । 

फिरौतीको रकमको लागि प्रजिअ र पर्सा प्रहरीलाई नै चुनौती दिँदै अंसारीले वीरगंजको अति ब्यस्त बजारको दुई स्थानमा बम विस्फोट गराएका थिए । 

विस्फोटका मुख्य योजनाकार फुलहसन भने फरार रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकामध्ये टाइगर भनिने जौवाद नाबालक छन् । उनको उमेर १९ वर्ष छ । उनिहरुको साथबाट चार राउन्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल २ थान बरामद भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले दावी गरेका छन् । 

अनुसन्धानको क्रममा सुतली बम विस्फोट भएको दिन सद्दामको मोबाइल नम्बरको लोकेशन देखाएको थियो सोही आधारमा प्रहरीले उनिहरुको घरमा छापामारी तीनै जनालाई पक्राउ गरेको हो । तर, पर्साको प्रहरी उपरीक्षक राठौरले फुलहसनको योजना अनुसार पक्राउ परेकाहरु तिनै जनाले आम जनमानसमा त्रास भइलाउनको लागि पटाखा पड्काएको दाबी गरेका छन् । 

पक्राउ परेका तिनै जनाविरुद्ध हातहतियार तथा खरखजाना र विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए । 

अंसारीले वीरगन्जमा आतंक मच्याउन र अपराधिक गतिविधिलाई सक्रिय बनाउन सार्वजनिक तथा निजि स्थलमा बम विस्फोट गराउने योजना समेत बनाएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । 

एक निजि विद्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय नजिक लगायतको पाँच स्थानमा बम विस्फोट गरी धनजनको क्षति पु¥याई जनमानसमा त्रासको वातावरण सृजना गरी बजारमा आफनो प्रभाव बनाउने योजना बनाएको समेत प्रहरी स्रोतले जनाएको छ । 

अंसारीको योजना त ठूलो थियो, एक प्रहरी अधिकृतले नाम नछाप्ने सर्तमा भने, ‘दुई वटा बम विस्फोटको घटनाले पर्सा प्रहरी अत्यन्तै तनावमा थियो अथक प्रयासपछि हामी अपराधी नजिक पुग्न सफल भयो । उनीहरुलाई पक्राउ पनि ग-यो । पक्राउ नपरेको भए वीरगन्ज क्षेत्रमा ठूलो दुर्घटना घटाउने योजना समेत बनाएको थियो । तर, हामीले उनीहरुको योजना असफल बनाउन सफल भयो ।’

 

प्रतिक्रिया दिनुहोस्