बाजुरामा ५ वडाध्यक्षद्वारा सामूहिक राजीनामा



बाजुरा : जिल्लाको बडीमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले बिहीबार सामूहिक राजीनामा पेश गरेका हुन्।

नगरपालिका प्रमुखले समितिका सदस्यलाई जानकारी नदिइ आफूखुसी मनोमानी निर्णय गर्ने गरेको भन्दै वडाध्यक्षहरुले सामूहिक राजीनामा दिएको जनाएका छन् ।

श्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य-धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा दिएका हुन् ।

स्थानीय तहको विधि विपरित नगर प्रमुख/उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकोले राजीनामा दिएको ९ नं. का वडा अध्यक्ष विनोदकुमार विकले बताए ।

प्रतिक्रिया दिनुहोस्