ग्रिनल्याण्ड किन्न नपाउने भएपछि ट्रम्पले डेनमार्क भ्रमण रद्द गरे



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेका छन् । डेनमार्क भ्रमण रद्द गरेको विषयले आफू आश्चर्यमा परेको डेनिस प्रधानमन्त्री मेटे फ्रेडिक्सनले बताएकी छिन् ।  

डेनिस प्रधानमन्त्रीले ट्रम्पले रुखो तरिकाबाट आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा दुख लागेको प्रतिक्रिया दिएकी छिन् । 

उता ट्रम्पले भने ग्रिनल्याण्ड किन्ने आफ्नो सोंचलाई डेनिस प्रधानमन्त्रीले अस्विकार गरिदिएपछि उनको निन्दा गर्दै खराब नेता भएको टिप्पणी गरेका छन् । 

महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई २ सेप्टेम्बरमा डेनमार्कको भ्रमण गर्न निम्ता दिएकी थिइन् । सो भ्रमण रद्द गर्ने ट्रम्पको शैलीले अचम्मित भएको भन्दै प्रधानमन्त्री फ्रेडिक्सनले भ्रमण रद्द गर्ने कदम दुर्भाग्यपूर्ण र आश्चर्यजनक भएको बताएकी छन् ।

ट्रम्पले चेतावनीपूर्ण रुपमा होच्याँउदै भने, ‘उनी मसँग बोलिरहेकी छैनन्, उनी अमेरिकासँग बोलिरहेकी छन । अमेरिकासँग त्यसरी बोलिंदैन, कम्तिमा मेरो नेतृत्वमा।’

डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रुवीय टापु बेच्ने कुरा नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन् । ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

प्रतिक्रिया दिनुहोस्