घोराहीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला



दाङ । दाङको घोराही उपमहानगरपालिका–१५ कपासीमा एक पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ । घोराही-तुलसीपुर सडकको किनारमा मंगलबार बिहान शव भेटिएको र उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

सडक छेउमा पल्टिरहेको भेटिएको र शरीरमा कुनै चोटपटक पनि नदेखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्