कम्युनिस्टहरुलाई जनताले नै लखेट्ने अवस्था आउन सक्छ : प्रचण्ड



काठमाडाै‌ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले  पार्टीका नेताहरुमा अनुशासनहराउदै गएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष दाहालले  पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताए ।

‘सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय र जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको बताउदै यसलाई सच्याउनुपर्नेमा जोड दिए । नेकपा अध्यक्ष दाहालले  सत्तामा पुगेपछि नेपालका कम्युनिस्टहरुमा राजा महाराजाको जस्तो लक्षण देखिन थालेको भन्दै असन्तृष्टि जनाए ।

साथै उनले नेताहरु जनमैत्री नभए  पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने जस्तो अवस्था आउन सक्ने भन्दै सचेत गराए ।

 

प्रतिक्रिया दिनुहोस्