विप्लव समुहका कास्की जिल्ला इन्चार्ज पक्राउ



कास्की : नेत्रविक्रम चन्द समूहका कास्की जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ बजे  पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर खटिएको बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्