राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा आगजनी



चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । बिहीवार राती गराइएको आगजनीबाट वडा कार्यालय पुर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए । वडा कार्यालय पहाडी भेगमा भएकाले घटनाको थप जानकारी आउन बांकी छ ।

 

प्रतिक्रिया दिनुहोस्