हर्क साम्पाङमाथि भएको व्यवहार अमानवीय : युवा संघ प्रवक्ता राई



काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकट युवा संघका प्रवक्ता सञ्जीव राईले धरान उपमहानगरपालिकाको प्रमुख हर्क साम्पाङमाथि भइरहेको व्यवहार अमानवीय भएको बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्न प्रमुख साम्पाङमाथि भइरहेको व्यवहार अमानवीय भएको भन्दै यस्तो अमानवीय व्यवहार नगर्न समेत सम्बन्धीत पक्षलाई आग्रह गरेका छन् ।

उनले प्रमुख साम्पाङ असली जनप्रतिनिधि र धराने जनताका सेवक भएको बताए । उनले साम्पाङमाथी भइ रहेको व्यवहार सतप्रतिशत अमानवीय र यो लोकतान्त्रिक व्यवस्था माथीको उपहास भएको बताए। हरेक असमझदारी र समस्याहरु छ्लफल-सम्वादको माध्यमबाट टुंगाउनु सकिने भन्दै उनले प्रमुख साम्पाङ पनि वामपन्थी भएको बताए । उनले भने, ‘दुनियाँ दुविधामा छैन, स्वतन्त्र मेयर हर्क पुर्ण वामपन्थी हुन् ।’

‘हरेक जनप्रतिनिधिहरुका लागि प्रमुख साम्पाङ सचेत प्रयत्न अनुकरणीय छ। तर आज भइरहेको विभिन्न पार्टीका षड्यन्त्रहरु, पानीका फोका झै फुट्ने छन् ।’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्