श्रीमानको हत्या गराउन पेशेवरलाई पैसा दिएपछि…



जनकपुरधाम : एक महिलाले आफ्नै श्रीमानको हत्या गराउन पेशेवर अपराधीलाई साढे ४ लाख रुपैयाँ दिएको खुलेको छ। महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका ३६ बर्षीय सरोज भनिने श्रवण थापाको हत्याका लागि श्रीमती पूजाले साढे ४ लाख रुपैयाँ दिएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रमुख डीएसपी निशान थापाले बताए।

गत असार ३१ गते श्रवणको शव बीपी राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–३, मूर्तिपार्क नजिकै फेला परेको थियो। प्रहरीले श्रवणको हत्यामा संलग्नको अभियोगमा ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका ३ हरकटवाका २७ बर्षीय प्रमोद सिंह, वडा नम्बर २ का २७ बर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६ बखरी टोलका ३३ बर्षीय श्रीनारायण महरा र ४६ बर्षीय टिआई सहनी रहेका छन्। श्रीमती पूजा भने फरार छिन्। उनको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्