रवि लामिछालाई आइजिपी खनालले भेटे



काठमाडौं : आइजिपी सर्वेन्द्र खनालले आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमै पुगेर उनले लामिछानेलाई भेटेका हुन् । 

रुपन्देहीको एक कार्यक्रममा जानेक्रममा आइजिपी खनालले चितवन प्रहरीको हिरासतमा रहेका रवि लामिछानेसँग भेटेको प्रहरी सहप्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । ‘रुपन्देहीको कार्यक्रममा जाने क्रममा चितवन प्रहरी कार्यालयको पनि अनुगमन गर्नुभएको हो । त्यसक्रममा रवि लामिछानेसँग पनि कुराकानी भएको हो । आइजीसापले अनुसन्धानमा सहयोग गरिदिनुपर्‍यो भनेर आग्रह गर्नुभएको हो,’ उनले भने ।

न्युज २४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सीधा कुरा जनतासँग’मा प्रस्तोता रविकै मातहतमा रहेर काम गरेका पत्रकार पुडासैनी २० साउनमा नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटेलको कोठामा झुन्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा मर्नुअघि रेकर्ड गरेको भिडियो फेला पारेको थियो । भिडियोमा पुडासैनीले रवि, पत्रकार युवराज कँडेल र युवती अस्मिता कार्की (रुकु)का कारण आफू आत्महत्या गर्न बाध्य भएको जनाएका छन् ।

प्रहरीले त्यही भिडियोका आधारमा तीनैजनालाई ३० साउनमा पक्राउ गरेको थियो । त्यसपछि उनीहरूलाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दोस्रोपटक थपिएको पाँच दिनको म्याद पनि आइतबारबाट सकिँदै छ । उनीहरूलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइँदै छ । नयाँपत्रिका दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्