सुनकोशी गाउँपालिकाको सचिवविरुद्ध बलात्कार प्रयासको मुद्दा



ओखलढुंगा : जिल्लाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका-७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् ।

भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका-६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मङ्गलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनलाई लिएर नागाबाबाहरु आक्रोशित भएका छन् । आज (आइतबार)

काठमाडौं : तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । झापाको

काठमाडौं : देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले

काठमाडौं : गत शुक्रबारको तुलनामा आज (आइतबार) सुन तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ

तनहुँ : दमौलीबाट मुग्लिङ्गतर्फ आउँदै गरेको ना ७ ख २०६ नम्बरको बस र डुम्रेबाट दमौली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराईस्थित जन्मघरमा मनाउने भएपछि

हेटौँडा : प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका

काठमाडौं : दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

एजेन्सी : आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै एक परिवारले एक युवतीको हत्या गरेका छन्

काठमाडौं : सरकारी जग्गा खाली गर्न दिएको १५ दिने अल्टिमेटम सकिएलगत्तै काठमाडौं महानगरपालिका–३१ तीनकुनेस्थित जागृतिनगरमा

काठमाडौं : जति मानिसहरु शिक्षित हुँदै गएका छन् उति नै अशिक्षित भएका छन् । कारण

काठमाडौं : चौथों संस्करणको दिदीबहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले हात पारेको