ईश्वर पोखरेलको प्रश्न : सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ?



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती रहेको बताएका छन् । 

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारद्वारा निर्मित ‘लम्टाङ्गिन टुसाल पार्क’ उदघाटन कार्यक्रमलाईसम्बोधन गर्दै उनले व्यक्तिहरुको गलत चिन्तनको कारण सार्वजनिक सम्पत्ति रक्षा गर्न चुनौती भएको बताएका हुन् । 

कार्यवहाक प्रधानमन्त्री समेत रहेका पोखरेलले सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? गर्ने भन्ने प्रश्न उब्जिएको बताए । 

‘अहिले हाम्रो अगाडि एउटा चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? म तपाईंहरुलाई तोकेर भन्न चाहन्न । हामीभित्रै समस्या छन्’ उनले भने, ‘सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् ।’

उनले थपे, ‘यो गलत प्रवृति हो । यसको विरुद्धमा वास्तवमा हामी सबैले जुध्नुपर्छ । सार्वजनिक सम्पत्ति सबैको सम्पत्ति हो । जनताको सम्पत्ति हो । त्यसको रक्षा गर्नु हामी सबैको दाइत्व हो ।’ 

 

प्रतिक्रिया दिनुहोस्