उत्तरी अष्ट्रेलियामा गोली चल्दा ३ जनाको मृत्यु



ब्रिसबेन । उत्तरी अष्ट्रेलियामा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । साथै अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान क्वीन्सल्याण्डको बोगीमा रहेको एउटा गाईवस्तु फार्ममा गोली चलेको अधिकारीहरूले बताएका छन् ।

क्वीन्सल्याण्ड पुलिसले ‘हत्यारा’ को खोजी गर्दै घटनास्थल वरपर घेरा हालेको छ । घटनाका दोषीको प्रहरीले अनुसन्धान सुरु गरिरहेको छ । ब्रिस्बेनबाट लगभग १२ सय किलोमिटर उत्तरमा रहेको बोगी २०० मानिस बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस्