कुटानी पिसानीका रैथाने प्रविधि लोप हुँदै 



गलेश्वर : नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हिजोआज लोप हुँदै गएका छन्। आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कार ग्रामीण क्षेत्रमा पनि त्यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन्।

परम्परागतरूपमा प्रयोग गरिँदै आएका घरेलु यन्त्र हराउँदै गएपछि हिमाली जिल्ला म्याग्दीको ग्रामीण पहिचान पनि मेटिँदै गएकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। उखु पेलेर खुदो निकाल्ने, ढिकी, जाँतो, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिन छोडि सकेको छ।

Image result for ढिकी

अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु यन्त्रको रूपमा रहेको कोल अहिले आएर म्याग्दीका ग्रामीण क्षेत्रमा विस्थापित भइसकेको छ। त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन्।

वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लास्टिकले ओगटेको छ। गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन्। आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हुँदै गइरहेका छन्। 

Image result for तेल पेल्ने कोल

विभिन्न आधुनिक यन्त्रको प्रयोगपछि म्याग्दीमा यी घरेलु मेसिन विस्थापनमा परेका सामाजिक विषयका अध्येता वातावरणविद् चन्द्रमणि सापकोटाले बताए। घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशायी बन्दै जान थालेको छ।

लोक संस्कृतिमा ख्याति कमाएको म्याग्दीका लोकबाजा खैजेडी, मादल, डम्फु, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि त्यहाँको लोक संस्कृति पनि अपाङ्ग बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउँछिन्।

Related image

घरेलु परम्परागत साधन लोप हुँदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेका म्याग्दीका संस्कृतिविद् प्रकाश श्रेष्ठले बताए। “म्याग्दीका घरेलु मेसिनहरू हराइसके”, श्रेष्ठले भन्नुभयो “हामी को हौँ, हाम्रो सभ्यता के हो रु भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ ।”

स्थानीय स्रोत, साधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु यन्त्रबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा अध्ययन गर्न सकिन्छ। “घरेलु प्रविधिको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो”, स्थानीय संस्कृतिका विषयमा जानकार पुराना लोकगायक कृष्ण पौडेलले भने, “घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा जानकारी हासिल गर्न सकिन्छ।” 

Related image

“घरेलु मेसिन पुरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको सांस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन”, पौडेल भन्छन्, “बढ्दै गइरहेको पाश्चात्य सांस्कृतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ।”

घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवं गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्ने बेनीबजारका अविरकुमार श्रेष्ठ बताउ छन्। “घरेलु मेसिनको तुलनामा आधुनिक मेसिनको प्रयोग महँगो एवं खर्चिलो छ”, लोप हुादै गइरहेका यी यन्त्रको संरक्षण र प्रवद्र्धन गरी यिनीहरूको प्रयोगलाई बढवा दिइनुपर्ने कुरामा श्रेष्ठको जोड छ। (रासस)

प्रतिक्रिया दिनुहोस्