यु-२० टिम स्वदेश फर्कियो



काठमाडौं । नेपाली राष्ट्रिय यु-२० पुरुष फुटबल टिम बिहीबार स्वदेश आइपुगेका छ। भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी साफ यु-२० च्याम्पियनसिप खेलेर नेपाली टिम स्वदेश फर्किएको हो।

प्रतियोगितामा ४ खेल खेलेको नेपाललले २ खेलमा जित, १ खेलमा हार र १ खेल बराबरी खेलेको थियो। नेपाल फाइनल भने पुग्न असफल भयो।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षद्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्यद्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे।

नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदा आयोजक भारतलाई ८-० को नतिजा सुम्पिएको थियो। बंगलादेशसँग १-१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो। अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्