दाङका २८ वडा सचिवबिहीन



दाङ : जिल्लाका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन्। दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ। वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ।

अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन्। ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ। केही समयअघि काम गरेका कर्मचारी पनि समायोजन पश्चात सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवबिहीन बन्न पुगेका हुन्।

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका ६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन्। दश स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन्।

तुलसीपुर र घोराहीका १९/१९ र दङ्गीशरणका सातवटै वडामा सचिव पुगेका छन्। अन्य सातवटा गाउँपालिकाका केही वडामा भने अझै पनि वडासचिव पुग्न सकेका छैनन्। अहिले सचिव नहुँदा पञ्जिकाको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए।

'पञ्जिकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ', उनले भने, 'त्यसले गर्दा पनि स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई पनि प्रयोग गर्ने गरिएको छ।'  वडाध्यक्षले सिफारिश गर्ने र एकजना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफैं सचेत नहुने हो भने सरकारले चाहेरे पनि कोरोना

पर्साः कोभिड नियन्त्रण तथा सर्वसाधारणको उपचारमा स्थानिय प्रशासन जिम्मेवार नबनेको भन्दै पर्साका विभिन्न राजनितिक दलका

काठमाडौंः नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा

काठमाडौं: पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल

जनकपुरधामः नेपालमा समेत दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि

काठमाडौं : एउटै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ

चितवन : प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा थप अध्ययन गर्न आग्रह गरेका छन्

रुपन्देही कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रुपन्देही रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी

जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा १ सय ७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको

काठमाडौं : नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । गत २४ घण्टामा थप

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।काठमाडौं उपत्यका लगाएत