कश्मीर भ्रमणमा निस्केका राहुललाई श्रीनगर विमानस्थलबाट फर्काइयो



काठमाडौं : कश्मीर भ्रमण गर्न निस्केका राहुल गान्धीलाई श्रीनगर विमानस्थलबाट फर्काइएको छ। शनिबार काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी आफ्ना दलका नेतासहित तनावग्रस्त क्षेत्र जम्मु कश्मीरको भ्रमणमा निस्किएका थिए।

प्रहरीले त्यहाँ नजान आग्रह गरेता पनि गान्धी अन्य नेताहरुसँग भारत प्रशासित क्षेत्र कश्मीरको श्रीनगर त पुगे तर श्रीनगर विमानस्थलबाटै उनलाई दिल्ली फर्काइएको बीबीसीहिन्दीले जनाएको छ। उनलाई विमानस्थलबाट प्रहरीले बाहिर निस्कन दिएन। 

प्रतिक्रिया दिनुहोस्