प्रहरीले नै गरायो २२ लाखमा ज्यान मुद्दाको मिलापत्र



काठमाडौं : प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ ।

कपिलबस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो ।

कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ राहत दिने र रकम लिएपछि दुबै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ ।

व्यक्तिगत लेनदेनको सिलसिलामा सई कार्कीले १८ कात्तिक राती ती व्यक्तिलाई मोटरसाईकलमा लिएर गएका थिए । भोलीपल्ट महानगररिए प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान बिरामी भएर वीर अस्पतालमा लगिएको भन्दै भेटन् आउन खबर गरेको थियो । त्यसको केही घण्टामै उनको निधन भएको थियो ।

घटनापछि सई कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोज्दा महानगरिय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेका मृतकका आफन्तर नातेदारले बताएका छन् ।

फौजदारी न्यायप्रणालीले सरकारवादी मुद्दा फिर्तामा कठोर मापदण्ड अपनाएको छ । मिलापत्रको कल्पना पनि गरेको छैन । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता रञ्जीव रेग्मीले यस्तो मिलापत्र गौरकानुनी भएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्