सलमान खानको ‘दब‌ंग ३’ पनि ४ भाषामा रिलिज हुँदैछ



एजेन्सी : बलिउड सुपरस्टार सलमान खानको दबंग सिरिजको फिल्मको चर्चा छ । शूटिङका क्रममा रहेको फिल्म ‘दबंग ३’ मा सलमान खान र सोनाक्षी सिन्हाको जोडी देख्न सकिनेछ । चर्चा चलिरहेका बेला सलमान खानले यो फिल्मको रिलिज मिति पनि तोकेका छन् । यो फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

प्रभु देवाको निर्देशनमा बनेको ‘दबंग ३’ को रिलिजका लागि पनि निर्माण टिमले विशेष योजना बनाएको भारतीय मिडियाले लेखेका छन् । यो फिल्म ४ भाषामा रिलिज हुने भएको छ । रिलिजको क्रममा रहेको फिल्म ‘साहो’ पनि ४ भाषामा रिलिज हुँदैछ ।

हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा यो फिल्म रिलिज हुने भएको छ । फिल्ममा सलमान खानलाई १८ वर्षभन्दा कम उमेरको युवकको रुपमा पनि देख्न सकिनेछ । सलमान र सोनाक्षीसँगै अरबाज खान, प्रमोद खन्ना लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ ।

प्रतिक्रिया दिनुहोस्