रवि लामिछानेलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन 



काठमाडौं : टेलिभिजनकर्मी रवि लामिछानेलाई रिहाइको गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।  प्रदर्शनका क्रममा उनीहरूले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको कुनै संलग्नता नरहेको बताएका छन्। उनीहरूले रविलाई फसाउन खोजिएको दाबी गरेका थिए।

काठमाडौँको नयाँ बानेश्वरमा रवि लामिछोनको समर्थनमा ठूलो संख्यामा मानिसहरू सहभागी भएका छन्। प्रहरीले रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। उनीहरू तिनै जनालाई चितवन प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्