दुई मुख भएको माछा समाएपछि…



एजेन्सी : अमेरिकाको चैम्प्लेन नदीमा डेबी गेडेस नाम गरेकी एक महिला पतिसँग माछा मार्न गएकी थिइन्। माछा मार्ने क्रममा कस्तो हुने हो उनलाई थाहा थिएन। तर, माछा मार्ने क्रम जारी राखिन्। यसै क्रममा उनले एउटा माछा समाइन्। जब उनले माछा हेरिन तब उनी दंग परिन्। समाचारमा जनाइएअनुसार उनले दुई मुख भएको माछा समातेकी थिइन् ।

माछा समातेपछि डेबीले भनेकी छन्, ‘जब यो माछा किनारमा ल्याएँ, तब मलाई विश्वास नै लागेन, के देखिरहेछु भनेर।’ मैले दुई मुख भएको माछा समातेकी रहेछु। यो माछा साह्रै अभ्दुत थियो। उनीहरुले यस माछासँग फोटा खिचेर पुनः सोही नदीमा छोडिदिएका छन्।

प्रतिक्रिया दिनुहोस्