प्रियंकाको समर्थनमा कंगनाको कडा जवाफ



एजेन्सी : बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्री प्रियंका चोपडा यतिबेला विवादमा फसेकी छिन्। भर्खरै युनाइटेड नेशनबाट शान्तीको लागि गुडविल एम्बेस्डर बनेकी चोपडाले ट्विट मार्फत भारतले पाकिस्तानमा गरेको एयरस्ट्राइकको तारिफ गरेकी थिइन्। जसको कारण उनको एम्बेस्डरबाट हटाउन निवेदन गरिएको थियो। 

यस विषयमा बलिउडमा अहिलेसम्म कुनै कलाकारले आफ्ना धारणा व्यक्त गरेका थिएनन्। तर कंगना रनौतले प्रियंकाको समर्थनमा बोलेकी छिन्। उनले भनेकी छिन्, ‘यो यति सजिलो छैन।’

एक भारतीय अनलाइनसँग कुरा गर्दै कंगनाले भनेकी छिन्, ‘जब तपाईं आफ्नो कर्तव्य र आफ्नो भावनाको बीचमा फस्नुहुन्छ। तब यो सबै कुरा सहज हुँदैन। हामीमध्यै कति मानिस हरेक दिन दिमाग भन्दा दिलको चुन्ने गर्छौ।’

पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मजारी र अन्य केही व्यक्तिहरुले प्रियंकालाई युनिसेफबाट हटाउनुपर्ने माग गर्दै खुल्ला पत्रमा हस्ताक्षर गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्