मन्त्री महासेठद्वारा पुलको उद्घाटन



काठमाडौं  : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको तीन वर्षको अवधि आवश्यक ऐन कानून बनाउँदैमा बितेको बताएका छन्। उनले अबको बाँकी अवधिमा जनताले नपत्याउने ढङ्गले तीव्र रुपमा विकास गरेर देखाउने दाबी पनि गरे।

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै मन्त्री महासेठले पुल बनेर मात्र सबै कुरा पूर्ण नहुने हुँदा यस क्षेत्रका आसपासका सडक पनि बन्नुपर्ने र त्यसको लागि सरकारले प्राथमिकतामा राखेको बताए। उनले जिल्लामा निर्माणाधीन सबै पुल आगामी आवभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्