३५ अंकले घट्यो सेयर बजार, साढे २ अर्ब बढीको कारोबार



काठमाडौं । शुक्रबार (आज) सेयर बजारमा भारी अंकको गिरावट आएको छ । शुक्रबार बजार परिसूचक नेप्से ३४.८५ अङ्क (१.६२ प्रतिशत) ले घटेर २११३.३० अङ्कमा पुगी बन्द भएको छ ।

नेप्सेसँगै सामूहिक लगानी कोषबाहेक सबै उपसूचक घटेको छ । नेप्से घटेपनि २ घण्टामात्रै कारोबार भएको बजारमा साढे २ अर्ब भन्दा बढीको सेयर किनबेच भएको छ । शुक्रबार ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६२ करोड ६१ लाख ५५ हजारको कारोबार भएको हो ।

जसमध्ये शिवम् सिमेन्टको १५ करोड ६६ लाख २९ हजार र नबिल बैङ्कको १४ करोड १४ लाख १४ हजारको कारोबार भएको छ । बजारमा १७९ कम्पनीको सेयर कारोबार भएकोमा १५७ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २१ कम्पनीको सेयरमूल्य बढेको छ ।

त्यस्तै एक कम्पनीको सेयरमूल्य भने स्थिर छ । कारोबारमा आएकामध्ये जोशी हाइड्रोपावरको सेयरमूल्य ५.९१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ३.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले गिरावट हुँदा गुह्येश्वरी मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्सको सेयरमूल्य ६.४२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्