गाँजासहित २ जना पक्राउ



हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। बिहीबार दिउँसो विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा-१५ कमाने भोर्लेनीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा हेटौंडा-१५ कमाने भोर्लेनी बस्ने ५६ वर्षीय मङ्गल सिंह बम्जन र २९ वर्षीय कृष्ण थिङ रहेका छन् । बम्जनको घरबाट ५ किलो २ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो भने  थिङको घरमा ५ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाइको छ ।

दुवैजना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्