बुद्धमूर्ति चोरी आरोपमा गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष थुनामा



वीरेन्द्रनगर : बुद्धमूर्ति चोरी आरोपमा डोल्पाको एक गाउँपालिकाका उपाध्यक्ष र वडाध्यक्ष डेढ महिनादेखि थुनामा छन् । जिल्ला अदालतबाट धरौटीमा छुटेका उनीहरू उच्च अदालतको आदेशमा थुनामा परेका हुन् ।डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मल्ल टसी गुरुङ र सोही गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङ थुनामा परेका छन् ।

करिब ७ वर्षअघि डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–४, राहापमा माटोमुनि लुकाएर राखेका बुद्धमूर्ति चोरी भएका थिए । प्रहरीले त्यसको सुइँको एक वर्षअघि कात्तिक १० मा मात्र पाएको थियो । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक शुभराज बमका अनुसार त्यहाँबाट ३७ थान मूर्ति र स्तुपा चोरी भएका थिए । सोही घटनाको अनुसन्धानको क्रममा दुईजना जनप्रतिधि थुनामा परेका उनले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्