देशभर मेघगर्जन र चट्टाङ्गसहित वर्षा, सतर्क रहन महाशाखाद्वारा आग्रह



काठमाडौं : देशभर आंशिकदेखि सामान्य बदली भइ मेघ गर्जन र चट्टाङ्गसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार बिहान दैनिक बुलेटिन जारी गर्दै हाल देशका मध्य र पश्चिमी भूभागका धेरै स्थानमा बदली भइ केही स्थानमा वर्षा भइरहेको छ भने पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

मौसमविदका अनुसार देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेका कारण मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

त्यस्तै देशको पश्चिमी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यी स्थानमा यात्रा गर्नुहुने सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

आगामी तीन दिनको मौसम 

भदौ ८ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

भदौ ९ गते (सोमबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुनेछ । देशको पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको रहेको छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ्र पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

भदौ १० गते (मंगलबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुनेछ । पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ्र पश्चिमी भूभागका एक र दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्