मिथिलाञ्चलमा झुल्नोत्सवको रौनक



जनकपुरधाम । मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुलनोत्सवको रौनकता सहजै देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ।

प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मावलम्बीहरू मठ मन्दिरमा झुला महोत्सव धुमधामसाथ मनाई रहेका छन् । मिथालाञ्चल क्षेत्र, भारतको विहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण मन्दिर लगायत धनुषा, महोत्तरी, सिरहा, सर्लाही जिल्लामा धुमधामसाथ झुलनोत्वसव पर्व मनाउने परम्परा रहेको छ ।

साउन शुक्ल तृतिया तिथिबाट शुरु हुने झुलनोत्सव पूर्णिमासम्म प्रत्येक राति जारी रहन्छ। झुल्नोत्सवमा विशेष गरी भगवान् सीताराम र राधाकृष्णलाई झुलामा झुलाईने परम्परा रहेको छ। यसका लागि जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरदेखि देवीदेवताको प्रतिमा स्थापित प्रत्येक मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताए।

यस उत्सवमा जनकपुरधामका मन्दिरहरुबीच उत्सवको प्रतिस्पर्धा नै देख्न सकिन्छ। एकातर्फ भगवान् राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ। जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाईन्छझुल्नोत्सव जनकपुरधाममा कसरी शुरु भयो ?

जनकपुरधारममा झुला उत्सवको प्रारम्भ जानकी मन्दिरका आदि महन्थ सुरकिशोर दास गरेको बताईन्छ । दासको आगमनको समय सन् १७३० लाई मानिन्छ । त्यस समयमा जनकपुरधाममा विभिन्न मन्दिरहरुको स्थापना भएको र विभिन्न उत्सवहरुको सुरुवाता समेत भएको मानिनछसुरकिशोर दास माता जानकीलाई पुत्री मान्दथे ।

उनी कहिलेकाही माता जानकीसँग कुराकानी गर्दथे मानिन्छ र माता जानकीको सल्लाहमा आदि महन्थ सुरुकिशोर दासले यस उत्सवको प्रारम्भ गरेका हुन् । सन्त सम्प्रदायको गढ मानिने अयोध्या र कृष्ण सम्प्रदायको गढ बृन्दावनबाट झुलाको परम्परा जनकपुरधाममा आएको बताइन्छ

साओनमे उपवन वन फूले झुला झुले नन्दकिशोर कदमक डारीमे लागल हिडोला झहरय नभ घनघोर धार्मिक पृष्ठभूमिमा आधारित यस गीतलाई समाजशास्त्रीय दृष्टिकोणले मनन गरे झुलाको प्रारम्भलाई संकेत गरेको बुझ्न सकिन्छ। साधुसन्त खुल्ला चौर वा कुनै रुखको छहारीमा बास बसेपनि आफ्नो झोलामा श्रद्धाका साथ ल्याएका शालिग्रामलाई आसनमा राखी झुलाउने गर्दछन् ।

जनकपुरधाममा झुलाको आकर्षण मिथिलाञ्चलमो धानको रोपनी समाप्त हुने बित्तिकै झुला उत्सवको रौनकता शुरु भएको हेर्न सकिन्छ । यस क्रममा हरेक मठ मन्दिरमा कजरी र मलार जस्तो धार्मिक महत्व झल्किने गीतहरु कर्णप्रिय आवाजमा सुन्न सकिन्छ । झुल्नोत्सवमा युवतीहरु झुलाको गीत गाउने र भगवान्को पूजा अर्चना गरेपछि भक्तजनलाई फुलपाती पञ्चामृत र नैवेध बाड्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलको मठ मन्दिरमा साउन महिनाभरी झुलन लोकोत्सव हर्षोल्लासका साथ मनाउँदै साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा सम्पन्न गर्ने धार्मिक परम्परा रहेको छ। झुलनोत्सव अवर्णीय र अकथनीय रहेको छ एकातर्फ मानिसलाई आनन्दको अनुभूति गराउँदछ भने अर्काेतर्फ हृदयलाई भक्तितर्फ ओतप्रोत गराउँछ भन्ने जनविश्वास रहेको छ।

जनकपुर एवम् मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुला उत्सव मनाउने परम्परा रहेपनि जानकी मन्दिर एवम् राम मन्दिरको झुला विशेष आकर्षणको केन्द्रबिन्दु रहेको हुन्छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ। 

 

प्रतिक्रिया दिनुहोस्