मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)



काठमाडौं । काठमाडौंको बीच सहरमा भन्दा गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ। अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने हुन्छ।

प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ। प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन। अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ।

बाढी, पहिरो र भू–क्षयको त्रास पनि त्यत्तिकै छ । प्रकृतिको खेल कतै खुसियाली त कतै रुवबासी। कतै प्रकृतिकै कारण खुसी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र शतर्कता अपनाएर प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ।

साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो। भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ।

प्रतिक्रिया दिनुहोस्