रसुवागढी नाका जोड्ने सडक खण्डमा पहिरो, सवारी सञ्चालनमा रोक



रसुवा : रसुवागढी नाका जोड्ने सडक खण्डको विभिन्न स्थानमा पहिरो गएपछि  सडक अवरुद्ध भएको छ । 

पासाङ ल्हामु मार्गको राम्चे तथा ब्राबल र धुन्चे रसुवागढी सडक खण्ड अन्तर्गत लिङलिङ, तातोपानी क्षेत्रमा पहिरो जाँदा सवारी सञ्चालन रोकिएको छ ।

हिरो गएको क्षेत्रमाहरूमा जनशक्ति परिचालन गरि पहिरो पन्छाउने काम भइरहेको छ । सडक खुल्न करिब २ घण्टा लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । 

प्रतिक्रिया दिनुहोस्