संचारकर्मी रविसहित तीनै जनालाई आज फेरि अदालत लगिँदै, के होला आजको फैसला ?



चितवन : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार (आज) फेरि अदालतमा पेश गरिँदैछ । 

हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । 

हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन । 

अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् । 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग पु-याउन काठमाडौंबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।

साउन २१ गते राति चितवनको होटल कङ्गारूमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । पुडासैनीले आत्महत्या गर्नुपूर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट नै लामिछाने, कँडेल र कार्कीलाई काठकाडौंबाट पक्राउ गरि चितवन लगिएको हो । 

प्रतिक्रिया दिनुहोस्