सुनसरीमा बराइली संगठन गठन 



इटहरी : सुनसरीका बराइलीहरु संगठित बनेका छन् । शनिबार इटहरीमा एक भेला आयोजना गरी बराइलीहरुले बराइली कुखवंश प्रतिष्ठानको सुनसरी जिल्ला समिती गठन गरेको हो । भेलाले धन बहादुर बराइलीको अध्यक्षतामा १२ सदस्य सुनसरी जिल्ला समिती गठन गरेको हो ।

त्यसैगरी प्रतिष्ठानको जिल्ला उपाध्यक्षमा विक्रम बराइली चयन भएका छन् भने  सचिवमा रमेस बराइली चुनिएका छन् ।

बराइली कुलवंश प्रतिष्ठानको केन्द्रीय कार्यालय दमक झापा हो । प्रतिष्ठानको संयोजक रकिम बराइली, तीर्थ बराइली, भिम बराइली लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्