प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचार सुरु भएको छ । उनलेको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको हो । 

उपचारका लागि बिहीबार सिंगापुर गएका प्रधानमन्त्रीको शुक्रबारदेखि त्यहाँको नेसलन युनिर्भसिटी हस्पिटलमा प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा. दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले आइतबार ट्वीटमार्फत जानकारी दिएका छन् । ।

उनले  ट्वीटमा लेखिएको छ, ‘यो उपचार प्रकृया अरु केही पटक गरिनेछ । अहिले उहाँको स्वास्थ्यस्थिति सामान्य छ ।’

प्रधानमन्त्री ओलीसहित उनकी पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्यसहितलाई लिएर उपचारका लागि सिंगापुर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्