गायक सुरज पौडेलको नयाँ गीत ‘सान्नननी’ (भिडियो)



काठमाडौं : गायक सुरज पौडेलको पहिलो एकल एल्बम ‘मनको खुसि’ को ५ औँ गीत ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संचारकर्मी कुमार आचार्यले निर्देशन गरेको भिडियोमा बिकाश चौधरीको संगीत, सबिना केसीको शब्द रहेको छ । त्यस्तै गीतको एरेन्ज बिनोद भुजेलको गरेका हुन् ।

गीतमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । भिडियोको छायाँकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमले गरेका हुन् । 

गायक सुरज पौडेलको यसअघि गोलिले लागे झैँ, ठुम्काले ,मन पर्यो मन पर्यो, धेरै पछि बोलका गीत सार्वजनिक भैसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्